Media Network

ललितपुर महानगरको उपमेयरमा बाबुराजा गठबन्धनका साझा उम्मेदवार


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको पाँच दलीय गठबन्धनबाट ललितपुर महानगरपालिकामा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य साझा उम्मेदवार बन्ने भएका छन् । 

गठबन्धनको भागबण्डाअनुसार ललितपुर मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रले पाएको छ । माओवादी केन्द्रले उपमेयर पाएपछि नेकपा (माओवादी केन्द्र) महानगर कमिटीले बाबुराजा बज्राचार्यलाई उपमेयरमा सिफारिस गरेको हो । 

सत्ता गठबन्धनबाट ललितपुर मेयर काँग्रेसको भागबण्डामा परेपछि उपमेयरमा माओवादीका बज्राचार्यको नाम सिफारिस भएको छ । बज्राचार्य माओवादी ललितपुर महानगर कमिटीका अध्यक्ष समेत हुन् । यसअघि काँग्रेसबाट मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याल निर्वाचित भएकी थिइन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद