ललितपुर महानगरपालीका– २४ मा एमालेको प्यानल नै विजयी


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
ललितपुर महानगरपालीका– २४ मा एमालेको प्यानल नै विजयी
ललितपुर । ललितपुर महानगरपालीकाको २४ नम्बर वडामा एमालेको प्यानल नै विजयी भएको छ । 

नेकपा एमालेका उम्मेदवार दिनेशजंग पाण्डेले १ हजार ६७ मत सहित विजय भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामहरी महर्जनले ८ सय ९७ मत प्राप्त गरी पाण्डे संग पराजीत भएका हुन् । 

यस वडाको अध्यक्ष सहित सबै वडा सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।