पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले १३ हजार ६४६ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले सात हजार ५१ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले अग्रता कायमै राखेकी छन् । उनले सात हजार २७८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले पाँच हजार ४०७ मत ल्याएका छन् ।