आफूले राजनीतिक गुरु मान्ने नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन ललितपुर गएका हुन्। नरसिंह व्यञ्जनकार ललितपुरको वडा नम्बर १० बाट वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार छन्। ललितपुर महानगरको मतगणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले पछिल्लो परिणामअनुसार १६ हजार ५ सय ३७ मतसहित अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेद्वार केशव स्थापितले ८ हजार ५ सय ४८ मत ल्याएका छन्।