ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले दर्ता गरे उम्मेदवारी


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले दर्ता गरे उम्मेदवारी
ललितपुर। नेपाली कांग्रेसका तर्फबाट ललितपुर महानगरपालिकाको मेयर पदका लागि  चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।  सोमबार दिउँसो जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । 

गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जस कारण उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् ।