पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाएका छन् । उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको मात्रै परिणाम आएको छ ।
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।