Media Network

सत्ता गठबन्धन दलले ललितपुर र डडेलधुरामा चुनावी सभा गर्दै


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

ललितपुर । सत्ता गठबन्धन दलहरुले आज ललितपुर  र  डडेलधुरामा चुनावी सभा आयोजना गर्दैछ ।  

आसन्न वैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले चुनावी सभा आयोजना गरेको हो । । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।  

त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेलधुरामा चुनावी सभा हुने कार्यतालिका रहेको छ । सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद