काठमाडौं । ३० वैशाख (शुक्रबार) हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार (आज ) रातिदेखि मौन अवधि शुरु हुने भएको छ। मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले हाल दल र उम्मेदवार दौडधुपमा व्यस्त रहेका छन् ।
मौन अवधि सुरु भएसँगै आज मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । आज राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ।
त्यस्तै निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
मौन अवधिमा पालना गर्नुपर्ने आचरण