Media Network

महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउदै एमाले


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुङ्गो शनिवार लगाउँदै छ । आइतबार मनोनयन दर्ताको समय भएकाले आज नै उम्मेदवारहरूको टुङ्गो लगाउने भएको हो । एमालेलाई ललितपुर, भरतपुर र वीरगंजको प्रमुख पदका उम्मेदवार टुङ्गो लागिसकेको छ भने यी तीन महानगरपालिकाको प्रमुख पदमा एक एक जना उम्मेदवार सिफारिस भएका छन् ।  

ललितपुरबाट हरिकृष्ण ब्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगंजबाट विजय सरावगीको नाम सिफारिस भएको हो । 

उपप्रमुख पदका उम्मेदवारहरूको नाम सिफारिस नभएका कारण ती महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी रहेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताएका छन् । 

अरु तीन महानगरपालिका काठमाडौं, पोखरा र विराटनगरबाट भने प्रमुख र उपप्रमुख पदमा धेरैको नाम सिफारिस भइसकेको छ । सिफारिसको अध्ययन र छानबिन गरेर पार्टी केन्द्रले प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाउने भएको छ । 

उम्मेदवार टुङ्गो लगाउन सहज पुग्नेगरी यसअघि नै एमालेले मापदण्ड बनाएको छ । सोहीअनुसार उम्मेदवार छनोट हुने गुरुङको भनाइ छ । 

यस्तै, ११ वटा उपमहानगरपालिकाको प्रमुख÷उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम सिफारिस भइसकेको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद