८ वटा पालिका मध्ये ६ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बाँकी रहेको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ ।
मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट (९७१९) र उपमेयरमा कांग्रेसका भरत गोपाली (८६०७) विजयी भएका हुन् ।
त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती (९३६६) र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर (६४७०) विजयी भएका हुन् ।
बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने (११२९२), उपाध्यक्षमा माओवादी केन्द्र भक्त बहादुर खत्री (९५२२), मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान (६७०६), उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन (६११०), विजयी भएका हुन् ।
यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान (४८९७), उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल (४०८८), राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल (५४८१), उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्तम थिङ (४८३९) विजयी भएका हुन् ।
त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी (३७२२) र उपाध्यक्षमा उमा कुमारी लामा (३७२५) विजयी भएका हुन् । भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा (५५९१) र उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ (५३१५) विजयी भएका हुन् ।
निर्वाचित जनप्रतिनिधिहरुः
थाहा नगरपालिका
मेयर ः विष्णु बहादुर विष्ट (नेकपा माओवादी केन्द्र) (९७१९)
उपमेयर ः भरत गोपाली (नेपाली कांग्रेस) (८६०७)
मनहरी गाउँपालिका
गाउँपालिका अध्यक्ष ः रन्जन कालाखेती (नेपाली कांग्रेस) (९३६६)
गाउँपालिका उपाध्यक्ष ः सिता पुलामी मगर (नेकपा माओवादी केन्द्र) (६४७०)
भीमफेदी गाउँपालिका
गाउँपालिका अध्यक्ष ः हिदम लामा (नेकपा एमाले) (५५९१)
गाउँपालिका उपाध्यक्ष ः सञ्जिव श्रेष्ठ (नेपाली कांग्रेस) (५३१५)
बकैया गाउँपालिका पालिका
गाउँपालिका अध्यक्ष ः धर्मराज लामिछाने (नेपाली कांग्रेस) (११२९२)
गाउँपालिका उपाध्यक्ष ः भक्त बहादुर खत्री (नेकपा माओवादी केन्द्र) (९५२२)
मकवानपुरगढी गाउँपालिका
गाउँपालिका अध्यक्ष ः दोर्जे लामा स्याङ्तान (नेपाली कांग्रेस) (६७०६)
गाउँपालिका उपाध्यक्ष ः मान कुमारी पाख्रिन (नेकपा माओवादी केन्द्र) (६११०)
इन्द्रसरोवर गाउँपालिका
गाउँपालिका अध्यक्ष ः देव कृष्ण पुडासैनी (नेकपा एमाले) (३७२२)
गाउँपालिका उपाध्यक्ष ः उमा कुमारी लामा (नेकपा एमाले) (३७२५)
कैलाश गाउँपालिका
गाउँपालिका अध्यक्ष ः लोक बहादुर मुक्तान (नेपाली कांग्रेस) (४८९७)
गाउँपालिका उपाध्यक्ष ः बालकुमार मल्ल (नेकपा माओवादी केन्द्र) (४०८८)
राक्सिराङ गाउँपालिका
गाउँपालिका अध्यक्ष ः राजकुमार मल्ल (नेपाली कांग्रेस) (५४८१)
गाउँपालिका उपाध्यक्ष ः बनस्तम थिङ (नेकपा माओवादी केन्द्र) (४८३९)