।&nb...">
Media Network

मौन अवधिमा कांग्रेस नेता पौडेलद्वारा राजीनामा


खबरस्टोरी संवाददाता

२९ बैशाख २०७९,बिहीबार

कपिलवस्तु । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् । 

समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ । 

२०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल सक्रिय कार्यकताका रुपमा चिनिन्छन् । पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद