Media Network

मेरो पाँच वर्षे कार्यकालमा भरतपुरमा विकासको बलियो मोडेल तयार भएको छ : रेणु दाहाल


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौँ । भरतपुर महानगरपालीकाको मेयरकी उम्मेदवार रेणु दाहालले आफ्नो पाँच वर्षे कार्यकालमा भरतपुर महानगरमा विकासको बलियो फाउन्डेसन तयार भएको दाबी गरेकी छन् । 

मंगलबार भरतपुर महानगरको वडा नं. ६ मा गठबन्धनको सम्पर्क कार्यलयको उद्घाटन तथा चुनावी प्रसार प्रसारको लागि घरदैलो कार्यक्रममा बोल्दै दाहलले यस्तो बताएकी हुन् । उनले भनिन्  “हामीले गएको ५ वर्षमा भरतपुर महानगरपालीकामा विकासको ट्रेलर देखायौँ, अब विजय भएपछि फिलिम देखाउने छौँ ।”

उपमेयरका उम्मेदवार चित्र सेन अधिकारीले पनि भरतपुरमा रहेका बाँकी काम पुरा गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई नै विजय गराउनु पर्ने बताएका छन् । यता नेकपा एमालका उम्मेदावर र नेपाली कांग्रेसबाट वागी उम्मेदवारको रुपमा उठेका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले पनि चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहाल नै मेयरको उम्मेदवार भएको र उनलाई समर्थन गरिरहको दल नेपली कांग्रेसका नेता जगन्नाथ पौडेलले नै वागी उम्मेदवार दिएकोले भरतपुर महानगरको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद