Media Network

मोरङको सुन्दर हरैँचामा गठबन्धनलाई हराउँदै एमाले विजयी


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमाले केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।

गुरागाईँले २१ हजार ४ सय ५ मत प्राप्त गरी निर्वाचित हुँदा निवर्तमान मेयरसमेत रहेका गठबन्धनबाट कांग्रेसका उम्मेदवार शिवप्रसाद ढकालले २० हजार ६ सय ७८ मत पाए ।

यस्तै, राप्रपाका मेयर उम्मेदवार रामबहादुर खत्रीले १ हजार ६ सय १ मत प्राप्त गरे । 

उपमेयरमा एमालेकै चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।

उपमेयरकै राप्रपा उम्मेदवार सुमित्रा बस्नेतले २ हजार २ सय ४९ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका महेशकुमार आचार्यले १ हजार २३ मत प्राप्त गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद