Media Network

मौसम पूर्वानुमानः देशैभर बदली, उच्च पहाडी क्षेत्रमा हिमपात


खबरस्टोरी संवाददाता

२ मंसिर २०७८,बिहीबार

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म नेपालको मौसम बदली हुनेछ । 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा पनि आंशिक बदली हुनेछ ।

बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा बदली हुनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद