Media Network

मतगणना अपडेटः बुढीगंगा नगरपालिकामा एमालेको अग्रता


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । गत वैशाख ३० को मतदान बुथकब्जा भएपछि रद्द गरी विहीबार पुनः मतदान भएको थियो । 

जारी मतगणनाका क्रममा अहिलेसम्म एमालेले अग्रता लिइरहेको छ । अहिलेसम्म २ हजार ९ सय ३७ मतगणना सकिदा एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनियाले १७३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रंगबहादुर खातीले १०३० मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा एमालेले १६८७ मत ल्याएको छ भने कांग्रेसले १०६७ मत पाएको छ । उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् । 

यसैबीच, बुढीगंगा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएका छन् । एमालेका थापाले ३ सय ५३ मत ल्याएका छन् भने कांग्रेसका थापाले ३ सय १८ मत प्राप्त गरे । १३ सय २६ मतदाता रहेको उक्त वडामा ८ सय ३१ मत खसेको थियो । २०७४ को स्थानीय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद