यस्तै, नेकपा एमाले १३७ पालिका प्रमुख जितेर कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले ९९ गाउँपालिका र ३८ नगरपालिका प्रमुख जितेको छ । जारी मतगणनाअनुसार एमालेले २६ गाउँपालिका र ३९ नगरपालिकामा अग्रता लिइरहेको छ ।
यसैगरी, तेस्रो स्थानमा देखिएको नेकपा माओवादी केन्द्रले १४ पालिका प्रमुख र ८० गाउँपालिका अध्यक्ष गरी ९४ स्थानीय तहको नेतृत्व जितेको छ । माओवादी केन्द्र १० गाउँपालिका र ९ नगरपालिकामा अरु भन्दा अगाडि छ ।
यस्तै, जनता समाजवादी पार्टीले १० पालिको नेतृत्व जित्नुका साथै १० स्थानीय तहमा अग्रता लिइरहेको छ भने नेकपा एकीकृत समाजवादीले ३ प्रमुखमा जित हासिल गर्नुका साथै ८ पालिकामा अग्रता लिइरहेको निर्वाचन आयोगले जनाएको छ ।
स्वतन्त्रसहित अन्य दलले ७ नगरपालिका र १५ गाउँपालिकामा जित हासिल गरेका छन् ।