Media Network

मतगणना अपडेटः ५७६ स्थानको नतिजा सार्वजनिक (सूचीसहित)


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाका क्रममा अहिलेसम्म ५७६ स्थानको नतिजा सार्वजनिक भएको छ । 

अहिलेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले २ सय ५४ स्थानीय तहमा जित्दै पहिलो स्थान बनाएको छ । जारी मतगणनाअनुसार कांग्रेसले अरु ६६ स्थानमा अग्रता लिइरहेको छ । 

देशकै सबैभन्दा ठूलो पार्टी नेकपा एमाले भने १ सय ६५ स्थान जित्दै दोस्रो स्थानमा झरेको छ । एमालेले अन्य ३९ वटा पालिकामा अग्रता लिइरहेको छ । 

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म १०६ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान बनाएको छ । माओवादी अन्य १६ स्थानमा अगाडि छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी जसपाले १६ पालिकाको प्रमुख जितेको छ । जसपा अझै १५ पालिकामा अगाडि छ । 

यस्तै, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादी अरु ५ पालिकामा अगाडि छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद