अहिलेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले २ सय ६१ स्थानीय तहमा जित्दै पहिलो स्थान बनाएको छ । जारी मतगणनाअनुसार कांग्रेसले अरु ६३ स्थानमा अग्रता लिइरहेको छ ।
देशकै सबैभन्दा ठूलो पार्टी नेकपा एमाले भने १ सय ६७ स्थान जित्दै दोस्रो स्थानमा झरेको छ । एमालेले अन्य ३३ वटा पालिकामा अग्रता लिइरहेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले अहिलेसम्म १०७ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान बनाएको छ । माओवादी अन्य १६ स्थानमा अगाडि छ ।
चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी जसपाले १७ पालिकाको प्रमुख जितेको छ । जसपा अझै १३ पालिकामा अगाडि छ ।
यस्तै, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादी अरु ५ पालिकामा अगाडि छ ।