Media Network

मतगणना अपडेटः ६६५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनाका क्रममा अहिलेसम्म ६६५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन आयोगबाट शुक्रबार मध्यान्ह प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले २ सय ८९ स्थानीय तहमा जित्दै पहिलो स्थान कामयै राखेको छ । कांग्रेसले १०८ पालिका प्रमुख र १ सय ८१ अध्यक्ष जितेको छ । जारी मतगणनाअनुसार कांग्रेसले २६ पालिका प्रमुख र ८ अध्यक्ष पदमा अग्रता लिइरहेको छ । 

यसैगरी, नेकपा एमाले १ सय ७९ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थानमा रहेको छ । एमालेले ६१ पालिका प्रमुख र ११८ अध्यक्षसहित पालिका जितेको छ । एमालेले अन्य १८ पालिका प्रमुख र ४ वटा गाउँपालिका अध्यक्ष पदमा अग्रता लिइरहेको छ । 

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११४ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान बनाएको छ । माओवादीले अन्य ७ पालिकामा अग्रता लिइरहेको छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले १८ पालिकाको प्रमुख जितेको छ । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ पालिकामा जित हासिल गरेको छ । 

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले हालसम्म ७ स्थानीय तहमा जित हासिल गरेको छ भने ७ पालिकामा अग्रता कायम राखेको छ । यसैगरी, गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले २ स्थानीय तह जितेको छ । 

स्वतन्त्रसहित अन्य दलले अहिलेसम्म ३५ स्थानीय तहको प्रमुख जितेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद