Media Network

मतगणना अपडेटः ६२५ स्थानीय तहको नतिजा सार्वजनिक


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनाका क्रममा अहिलेसम्म ६२५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन आयोगबाट शुक्रबार विहान प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले २ सय ७७ स्थानीय तहमा जित्दै पहिलो स्थान बनाएको छ । कांग्रेसले १०१ पालिका प्रमुख र १ सय ७६ अध्यक्ष जितेको छ । जारी मतगणनाअनुसार कांग्रेसले ३१ पालिका प्रमुख र ११ अध्यक्ष पदमा अग्रता लिइरहेको छ । 

यसैगरी, नेकपा एमाले १ सय ७२ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थानमा रहेको छ । एमालेले अन्य २० पालिका प्रमुख र ९ वटा गाउँपालिका अध्यक्ष पदमा अग्रता लिइरहेको छ । 

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान बनाएको छ । माओवादीले एक उपमहानगरपालिकासहित २० प्रमुख र ९२ अध्यक्ष पदमा जित हासिल गरेको छ । माओवादीले अन्य ६ पालिका प्रमुख र ३ अध्यक्ष पदमा अग्रता लिइरहेको छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले १७ पालिकाको प्रमुख जितेको छ । जसपा अझै १२ पालिकामा अगाडि छ । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादी अरु ५ पालिकामा अगाडि छ । 

गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले २ स्थानीय तह जितेको छ । 

स्वतन्त्रसहित अन्य दलले अहिलेसम्म २४ स्थानीय तहको प्रमुख जितेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद