Media Network

मतगणना अपडेटः ६८५ स्थानीय तहको नतिजा सार्वजनिक


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनाका क्रममा अहिलेसम्म ६८५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन आयोगबाट शनिवार विहान प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले ३ सय बढी स्थानीय तहमा जित्दै पहिलो स्थान कायमै राखेको छ । 

कांग्रेसले १२० पालिका प्रमुख र १ सय ८४ अध्यक्ष गरी अहिलेसम्म ३ सय ३ स्थानीय तहको नेतृत्व हात परेको छ ।  जारी मतगणनाअनुसार कांग्रेसले १७ पालिका प्रमुख र ४ अध्यक्ष पदमा अझै पनि अग्रता लिइरहेको छ । 

यसैगरी, नेकपा एमालेले ६६ पालिका प्रमुख र १२० अध्यक्षसहित कुल १ सय ८६ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थानमा रहेको छ । एमालेले अन्य १५ पालिका प्रमुख र ३ वटा गाउँपालिका अध्यक्ष पदमा अग्रता लिइरहेको छ । 

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११७ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान कायम राखेको छ । माओवादीले एक उपमहानगरपालिकासहित २१ पालिका प्रमुख र ९६ अध्यक्ष पदमा जित हासिल गरेको छ । माओवादीले भरतपुर महानगरपालिकासहित अन्य ४ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद