Media Network

मतगणना अपडेटः ७४५ स्थानीय तहको परिणाम सार्वजनिक


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न निर्वाचनको अहिलेसम्म ७४५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन आयोगबाट बुधबार विहानसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले ३ सय २५ स्थानीय तहमा जित्दै पहिलो स्थान कायम राखेको छ । 

कांग्रेसले ललितपुर महानगरपालिकासहति १३७ पालिका प्रमुख र १ सय ८८ गाउँपालिका अध्यक्षसहित जित हासिल गरेको छ । कांग्रेसले अरु ३ पालिका प्रमुख र १ अध्यक्षमा अग्रता लिइरहेको छ । 

यसैगरी, नेकपा एमाले ८० पालिका प्रमुख र १२३ अध्यक्षसहित अहिलेसम्म २ सय ३ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थान कायम राखेको छ । जारी मतगणनाका क्रममा एमाले अन्य २ पालिका प्रमुखमा अगाडि छ ।  

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२१ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थानमा रहेको छ । माओवादीले एक महानगर, एक उपमहानगरपालिकासहित २५ पालिका प्रमुख र ९६ गाउँपालिका अध्यक्ष जितेको छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले ३० पालिकाको प्रमुख जितेको छ । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म पोखरा महानगर र हेटौडा उपमहानगरपालिकासहित २० पालिकामा जित हासिल गरेको छ । 

यस्तै, यसअघि मधेसमा बलियो मानिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ स्थानीय तह जितेको छ । 

गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तह जितेको छ । 

यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले २ स्थानीय तहमा जित हासिल गरेको छ । 

नेमकिपा, तराइ मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी र विवेकशील साझाले एक एक सिट जितेका छन् । अहिलेसम्म स्वतन्त्रबाट धरान, धनगढी र जनकपुरधाम उप–महानगरपालिकासहित १२ स्थानीय तहको प्रमुख पद जितेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद