मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो
काठमाडौं। स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । 

देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता  छ ।साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

आयोगका अनुसार ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने छ भने ३५ हजार २२१ जना निर्वाचित हुने छन् । 

त्यस्तै  देशभर १० हजार ७५६ मतदानस्थल रहेको र २१ हजार ९५५ मतदान केन्द्र रहेको छ आयोगले जनएको छ ।