मतदाता नामावलीमा नाम नभएपछि विप्लव मतदान गर्नबाट वञ्चित


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
मतदाता नामावलीमा नाम नभएपछि विप्लव मतदान गर्नबाट वञ्चित
कपिलवस्तु।  निर्वाचन आयोगले मतदानका लागि मतदाता नामावलीमा नाम अनिवार्य हुनुपर्ने जनाई रहँदा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको मतदाता नामावलीमा नाम नभएपछि उनि मतदान गर्नबाट बन्चित भएका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न  नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए । 

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।