मंगलबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलन मार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकताकै आधारमा मतदाता परिचय बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने बताए ।
‘मतदाताको नामावलीको पूर्व सर्त भनेको नागरिकता प्राप्ति हो । सबै नागरिकले जो मतदाता छन् मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था छ ’, उनले भने ।