Media Network

माधव नेपालले चुनावी सभामा सूर्यलाई भोट मागेपछि


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधनका क्रममा सूर्यलाई भोट माग्न पुगेका छन् ।

मंगलवार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे ।

सम्बोधनका क्रममा उनले भने, ‘हाम्रो उम्मेदवारहरुलाई सूर्यमा मात्रै छाप लगाउँदै जाने हो मेयरमा‘९कार्यकर्ताले रोकेपछि ०सूर्यलाई उहिले पनि मैले नै ल्याएको हो । सूर्यलाई अस्वीकार गरेर कलममा चिह्न लगाएर सबै हाम्रो उम्मेदवार जिताउनका लागि‘।’

यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए ।

एक छिन अलमल्ल एका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद