Media Network

माधव नेपाललाई गठबन्धनको फाइदाः हेटौंडा उपमहानगरमा जित


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

हेटौंडा । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समामाजवादी)ले गठबन्धनका कारण राहत मिलेको छ ।

गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको प्रमुख पद नेकपा एसले जितेको छ । गठबन्धनकै बाबजुद एसका मेयर पदकी उम्ेमदवार मीनाकुमारी लामा २३ हजार ८० मत प्राप्त गरी निर्वाचित भएकी छन् । 

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे । 

मेयरमै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गरे । 

उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका राजेश बानिया फराकिलो मतअन्तरले विजयी भएका छन् । बानियाले ३३ हजार १ सय १४ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३ सय २८ मत प्राप्त गरिन् । 

मेयरमा २० हजार बढी मत ल्याएको राप्रपाको उपमेयर उम्मेदवार इन्दिरा न्यौपानले भने ५ हजार ५ सय ९७ मत प्राप्त गरिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद