Media Network

मध्यान्हसम्म देशभर ३५ प्रतिशत मत खस्यो


खबरस्टोरी संवाददाता

३० बैशाख २०७९,शुक्रबार

काठमाडौं। निर्वाचन आयोगले अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको जानकारी दिएको छ । 

शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएका उनले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र वाजुराका केही मतदानस्थलमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको बताए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद