मध्यान्हसम्म देशभर ३५ प्रतिशत मत खस्यो


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
मध्यान्हसम्म देशभर ३५ प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको जानकारी दिएको छ । 

शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएका उनले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र वाजुराका केही मतदानस्थलमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको बताए ।