राजनीतिक दल र उम्मेदवार तथा अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।
जेठ ४ गतेका लागि तनहुँको व्यास नपा–४ को गाविस भवन मतदानस्थलका दुई केन्द्र, रौतहटको गढीमाइ नपा–३ स्थित प्रावि लक्ष्मीपुरका दुई मतदान केन्द्र र वडा नं ६ को प्रावि आदर्श मावि मतदानस्थलको दुई मतदान केन्द्रमा मतदान हुने मिति तय भएको छ ।
स्थागन भएकामध्ये बाजुराको बुढीगङ्गा नगरमा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालबाट आएको सिफारिसका सम्बन्धमा गठित छानबिन समितिले स्थगलत अध्ययन गरी प्रतिवेदन बुझउँदैछ ।