नेपालगञ्जको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राई निर्वाचित भएका हुन् ।
विष्ट २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए ।
यस्तै, राप्रपाका मेयर उम्मेदवार नन्दलाल वैष्यले ७ हजार ५ सय ९८ मत पाए भने सीके राउतको जनमत पार्टीका प्रल्हाद अहिरले ४ सय ७८ मत पाए ।
यस्तै, उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत पाइन् ।
यस्तै, राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरिन् भने लोसपाकी ममता बाँनियाले ६ सय २२ मत पाइन् ।