Media Network

निर्वाचन आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति


खबरस्टोरी संवाददाता

२४ चैत्र २०७८,बिहीबार

काठमाडौँ।  स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा नेकपा एमालेले ६ बुँदे असहमति जनाएको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको कार्यालय पुगेर ६ बुँदे ध्यानाकर्षण-पत्र बुझाएका हुन्। महासचिव पोखरेलले बुझाएको ध्यानाकर्षण-पत्रमा आचारसंहिताका केही प्रावधानले ले अभिव्यक्ति स्वतन्त्रता हनन हुने उल्लेख गरिएको छ।

एमालेले उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था,  सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न लगाउने व्यवस्था,  कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा असहमति जनाएको छ ।  सामाजिक सञ्जालमार्फत मत माग्न नपाउने व्यवस्था कहिलेदेखि लागू हुने हो स्पष्ट पार्न एमालेले आग्रह गरेको छ ।

त्यस्तै एमालेले संविधान र कानून अनुसारका आचारसंहिता र प्रावधान पालना गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ । 

हेर्नुहोस् एमालेले आयोगमा बुझाएको पत्र:








Share:
Reaction :
ताजा समाचार
खेलकुद