एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको हो ।आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा हुने भेलालाई ओली लगायत पार्टीका अन्य नेताहरुले सम्बोधन गर्दैछन् ।