Media Network

निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली पैदलै लाङटाङ प्रस्थान


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

रसुवा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली लाङटाङ प्रस्थान गरेकाे छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि हिँडेर जानुपर्ने भएकाले टोली आइतबार बिहानै निर्वाचन सामग्रीसहित लाङटाङ तर्फ प्रस्थान गरेकाे हाे । 

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

टोली सोमबार मतदान केन्द्रमा पुग्नेछ । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको हो । लाङटाङमा ३६३ मतदाता छन् । गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । 

मतदानसम्बन्धी आवश्यक ज्ञान तथा सिप प्रदान गर्नका लागि नौकुण्ड गाउँपालिका र लाङटाङ जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार नै तालिम प्रदान गरिएको छ । बाँकी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आइतबार तालिम प्रदान गरिनेछ ।

जिल्लाको मतदान केन्द्रहरूमा २५५ कर्मचारी खटाइनेछ । जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद