Media Network

निर्वाचन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठकमा गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार राती बनाइएको मापदण्ड तथा स्थानीय तहको घोषणापत्रमा समावेश गर्ने विषयबारे छलफल हुनेछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले महामन्त्री गगन थापा संयोजकत्वमा कांग्रेसले घोषणापत्र तयारी समिति बनाएको छ भने गठबन्धनको तर्फबाट नेता रामचन्द्र पौडेलको संयोजकत्वमा अनुगमन तथा निर्वाचन परिचालन समिति बनाइएको छ । 

वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको कांग्रेसले पार्टी समितिहरू, ०७४ मा निर्वाचित जनप्रतिनिधिहरू, सर्वसाधारणबाट पनि घोषणापत्रका लागि सुझाव मागेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद