नवलपुरको मध्यबिन्दुमा एमाले विजयी


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
नवलपुरको मध्यबिन्दुमा एमाले विजयी
कावासोती । नवलपरासीपूर्व मध्यविन्दु नगरपालिकाको मेयर उपमेयर दुवै एमालेले जितेको छ । 

नगर प्रमुखमा भिमलाल अधिकारी र उपप्रमुखमा पूर्णकला चौधरी निर्वाचित भए । अधिकारी १६ हजार २ सय १२ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ मत पाए । 

यस्तै उपमेयरमा पनि एमालेकै पूर्णकला चौधरीले १६ हजार १ सय १ सय ५ मत प्राप्त गरि विजयी भइन् ।

मेयरमा निर्वाचित अधिकारी २०७४ को निर्वाचनमा कांग्रेसका चन्द्रबहादुर रानासँग पराजित भएका थिए ।