Media Network

नवलपुरको विनयी त्रिवेणीमा एमाले विजयी


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

कावासोती । नवलपरासीपूर्व विनयी त्रिवेणी गाँउपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । 

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार झिनो मतअन्तरले विजयी भएका हुन् । अध्यक्षमा एमालेका उम्मेदवार घनश्याम गिरी ७ हजार ६ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उपप्रमुख पदमा भगवती वैदवार ७ हजार ६ सय ७१ मतका साथ निर्वाचित भइन् । 

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार मात्र ९८ मत अन्तरले पराजित भएका छन् । 

विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बागी उम्मेदवार खडा थिए । उनीहरुले भने १७८ मत मात्रै प्राप्त गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद