Media Network

नवलपुरमा एमालेका अधिकांश पुरानै उम्मेदवार दाहोरिए


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

नवलपुर । नेकपा एमालेले नवलपुरमा पुरानै उमेदवारहरुलाई दोहोर्याएको छ । एमालेको प्रदेश कमिटीको वैठकले उम्मेदवार मनोनयनको दोस्रो दिन ८ वटै पालिकाका उमेदवारहरुको नाम टुंग्याएको हो । 

एमालेले गैंडाकोट, देवचुली र मध्यबिन्दु नगरपालिकाकामा पुरानै उम्मेदवारलाई दोहोर्याएको छ । एमालेले गैडाकोट बाट नगरपालिका प्रमुखमा छत्रराज पौडेललाई उम्मेदवार बनाउने भएको छ । उनी यसअघि गैंडाकोटकै मेयर थिए । उनी मेयरबाट राजीनामा दिएर पुनः उम्मेदवार बन्न लागेका हुन् ।  

यस्तै, देवचुली नगरपालिकाबाट हरी न्यौपाने मेयरका उम्मेदवार बन्ने भएका छन् । उनी यसअघि पनि एमालेबाट मेयरमा पराजित भएका थिए । 

यसैगरी मध्यबिन्दु नगरपालिकामा भीमलाल अधिकारीलाई मेयर उम्मेदवार बनाइएको छ । चोरमाराका नवलपुर बोर्डिङका सञ्चालक अधिकारी गत वर्ष पनि एमालेबाट मेयरमा पराजित भएका थिए । 

यस्तै, कावासोतीबाट एमालेले नगरप्रमुखमा विष्णु भुसाललाई उम्मेदवार बनाएको छ ।  

त्यसैगरी, विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरीलाई उम्मेदवार बनाएको छ ।  

यस्तै, पहाडी तीन गाउँपालिकामा हुप्सेकोटको अध्यक्षमा चेतन राना,  बुलिङ्गटार अध्यक्षमा दिपेन्द्र सुनारी र बौदीकालीमा प्रकाश ओझालाई उम्मेदवार बनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद