अध्यक्षमा नेपाली कांग्रेसका उमेश चन्द्र यादवले ६ हजार ८ सय मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता प्रगतिशिल पार्टी (जप्रपा) का करम हुसेन मियाले ३ हजार ८ सय ८ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी मानकुमारी चौधरीले ५ हजार ८ सय ५५ मत ल्याएर विजयी भइन भने उनकी प्रतिस्पर्धी जप्रपाकी नेतृ अञ्जना कुमारी चौधरीले ४ हजार २ सय ९ मत प्राप्त गरिन् ।
वडातर्फ नेपाली कांग्रेसले ४ वटा, राप्रपाले २ वटा र जप्रपाले १, एमालेले १,र माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।