Media Network

नवलपरासीको सरावलमा एमाले विजयी


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ । 

बुधबार बिहान सकिएको मतगणनाको परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका हुन् । एमाले उम्मेदवार चौधरीले सात हजार ५९ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनिलकुमार गौडले चार हजार ८९ मत प्राप्त गरे । 

गाउँपालिका उपाध्यक्षमा पनि एमालेले नै जित हासिल गरेको छ । उपाध्यक्षमा एमालेकी बासमती हरिजन विजयी भइन् ।  विजयी हरिजनले पाँच हजार ७४३ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्षसमेत रहेकी नेपाली काँग्रेसकी उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गरिन् । 

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा सरावल गाउँपालिकाको अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक र उपाध्यक्षमा काँग्रेसले जित हासिल गरेको थियो । 

सातवटा वडा रहेको गाउँपालिकामा दुईवटा वडामा एमाले, तीन वटामा कांग्रेस र एक–एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद