Media Network

चुनावी सभालाई सम्बोधन गर्न ओली बुटवल र चितवन जाने


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ ।

बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन्। भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेले विजय सुवेदीलाई उठाएको छ । उनी बाग्मती प्रदेश सांसददेखि राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका हुन्।

उनको प्रतिस्पर्धा पाँच दलीय गठबन्धनको उम्मेदवार रेणु दाहालसँग हुँदै छ । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख भइसकेकी छिन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद