वडा नं. २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्की विजयी भएका हुन्। उनले एमालेका विश्व राज विष्टलाई पराजित गरेका हुन्। कार्कीले १ हजार ५११ मत प्राप्त गरे। एमालेका विष्टले १ हजार ३०५ मत प्राप्त गरे।
त्यस्तै सदस्यहरुमा कांग्रेसकै जर्नादन खड्का, भगत राना, कल्पना खतिवडा (दाहाल) रञ्जिता तिखत्री विजयी भएका हुन्।