Media Network

ओलीले भने– बाख्रा खान पर्यो भने बाघ हुल बाँधेर आउँदैन


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाख्रा खान बाघ हुल बाँधेर नआउने बताएका छन् । स्थानीय तहको निर्वाचनका लागि शुक्रबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै ओलीले आफ्नो पार्टी विशाल रहेको दाबी गर्दै अर्ना खान पर्यो भने मात्रै बाघहरु हुल बाँधेर आउने तर्क गरे ।  

ओलीले एमालेको मशल खलिफा भन्दा बलियो रहेको समेत दाबी गरे । उनले एमाले देशब्यापी देशब्यापी मात्र नभई नेपाली ब्यापी भएका भएको तर्क गरे । ‘जहाँ नेपाली, त्यहाँ एमाले’ भइसकेको ओलीले दाबी गरे ।  

ओलीे सत्ता गठबन्धन दलहरुलाई प्रतिक्रियावादी शक्तिहरुबीचको एकता भएको आरोप लगाउँदै आफूहरु प्रतिक्रियावादी शक्तिहरुसँग नमिल्ने बताए । 

एमाले अध्यक्ष ओलीले एमालेलाई विगतमा मधेस विरोधी भनेर हल्ला चलाइएको भन्दै अहिले मधेसमा एमाले प्रवेशको लहर चलेको बताए । ओलीले विकास निर्माणका प्रसंगलाई पनि युवाहरुसँग जोडेर अघि सारे । उनले आफू नभएको भए धरहरासमेत नबन्ने दाबी गरे । युवाहरुलाई र वृद्धवृृद्धालाई साथ दिने एमाले मात्रै भएको भन्दै ओलीले आगामी दिनमा रंगशालाहरु, खेलमैदानहरु निर्माणमा जोड दिने बताए । 

एमालेलाई देखेर गठबन्धन झस्किएको बताए । राती राती सुत्दा पनि गठबन्धन एमालेसँग झस्किने गरेको बताए । 

ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई अदालतले गठन गरिदिएको थोत्रा टालाहरुको गठबन्धनको आरोप लगाए ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद