Media Network

पाँचदलिय गठबन्धनले आट नगरेपछि छ दलिय बनाएर आए : केपी ओली


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तागठबन्धनले पाँचदल बनाएर पनि जित्ने आट नगरे पछि दमकमा छ दल बनाएर आएको बताएका छन् । 

मंगलबार झापाको दमकमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै ओलीले भने “दमकमा एमालेसँग भिड्न पाँच दलले पनि आट गरेनन् । त्यसैले छ दलीय गठबन्धन बनाएर आए । दमक एमालेको किल्ला हो । त्यसैले जति दल बनाएर आए पनि केही छैन्” । 

आम मतदाताहरुसँग ओलीले भने “तपाई हरुको जिम्मा एमालेलाई विजय गराउने हो । अहिले विजय गराउनुस् । नेकपा एमालेले त्यसपछि विकास गर्ने जीम्मा लिन्छ ”। गठबन्धन प्रति लक्षित गर्दै ओलीले भने जहाँ नागरिक विकास चाहन्छन्,  त्यहाँका नागरिकले नेकपा एमालेलाई जिताउँछन् । जहाँका नागरिकले विकास होइन विनास चाहन्छन्, र सचेत छैनन् त्यहाँ गठबन्धनले जित्छ । 

एमाले अध्यक्ष ओलीको गृह जिल्ला समेत रहेको झापाको दमकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि गठबन्धन दलहरुसँग तालमेल गरी चुनावी प्रतिस्पर्धामा रहेको छ । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद