Media Network

पुकार बमपछि रञ्जुले गरिन् उम्मेदवार घोषणा


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएपछि आगामी प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्रको लहर चल्ने देखिएको छ । 

विवेकशील पार्टीका पुकार बलले आगामी संसदीय निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने घोषणा गरेलगत्तै विवेकशील साझा पार्टी छाडेकी युवा नेतृ रन्जु न्यौपाने (दर्शना)ले आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने बताएकी छन् । 

यसअघि विवेकशील साझा पार्टीमै रहेका पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

रञ्जुले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले उम्मेदवारको औपचारिक घोषणा भने गरिसकेकी छैनन् । काठमाडौं ५ मा यसअघिको प्रतिनिधिसभा निर्वाचनमा विवेकशीलबाट उज्वल थापाले उम्मेदवारी दिएका थिए । थापाको कोभिड संक्रमण भई निधन भएको थियो । 

विवेकशील साझा पार्टीमा भएको विवादपछि पूर्व विवेकशीलका मिलन पाण्डे, रञ्जु दर्शना लगायतका युवाहरुले पार्टी छाडेका थिए । पार्टी छाडेका उनीहरु केही दिनयता नयाँ पार्टी पुनर्गठनको तयारीमा रहेका छन् । उनीहरु पुनः वैकल्पिक पार्टी बनाउने तयारीमा लागेका छन् । उनीहरुले बनाउने बैकल्पिक पार्टीमा बालेन शाह जस्ता ब्यक्तिहरु पनि अटाउने बताएका छन् । 

२०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई झन्डै १० हजार मतले पराजित गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद