Media Network

पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

पोखरा।  पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार  धनराज आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतम प्रतिश्पर्धी थापाले ५२ हजार ८ सय १८ मत मात्रै पाए । यस्तै, मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ५७ मत पाए भने स्वतन्त्र उम्मेद्वार गनेश पौडेलले २ हजार ९ सय ५१ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेद्वार मन्जुदेवी गुरुङ विजयी भइन् । उनले गठबन्धनबाट कांग्रेसकी उम्मे्दवार कोपीला रानाभाटलाई ३ हजार ३ सय १४ मत अन्तरले पराजीत गरेकी हुन् । गुरुङले ६० हजार ३ सय ७२ मत पाउँदा रानाभाटले ५७ हजार ५८ मत पाइन् । उपमेयरमै राप्रपाकी रन्जना सेनले ५ हजार ६ सय ८३ मत पाएकी छिन् ।

यसैबीच, मेयरमा प्रतिश्पर्धी कृष्ण थापाले विजयी उम्मेद्वार धनराज आचार्यलाई बधाई दिएका छन् । उनले कार्यकाल सफलताको शुभकामना सहित अविर लगाएर बधाई दिएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद