पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई
पोखरा।  पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार  धनराज आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतम प्रतिश्पर्धी थापाले ५२ हजार ८ सय १८ मत मात्रै पाए । यस्तै, मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ५७ मत पाए भने स्वतन्त्र उम्मेद्वार गनेश पौडेलले २ हजार ९ सय ५१ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेद्वार मन्जुदेवी गुरुङ विजयी भइन् । उनले गठबन्धनबाट कांग्रेसकी उम्मे्दवार कोपीला रानाभाटलाई ३ हजार ३ सय १४ मत अन्तरले पराजीत गरेकी हुन् । गुरुङले ६० हजार ३ सय ७२ मत पाउँदा रानाभाटले ५७ हजार ५८ मत पाइन् । उपमेयरमै राप्रपाकी रन्जना सेनले ५ हजार ६ सय ८३ मत पाएकी छिन् ।

यसैबीच, मेयरमा प्रतिश्पर्धी कृष्ण थापाले विजयी उम्मेद्वार धनराज आचार्यलाई बधाई दिएका छन् । उनले कार्यकाल सफलताको शुभकामना सहित अविर लगाएर बधाई दिएका हुन् ।