Media Network

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

पोखरा। स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा(एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् । 

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि छिन भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्याएका छन् ।

 महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद