Media Network

पोखराका बागीलाई ‘लालटिन’, तनहुँका जोशीपुत्रलाई ‘कैंची’


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीले लालटिन चिह्न पाएका छन् । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । 

गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेता नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले शुक्रबार नै उम्मेद्वारी फिर्ता लिएका थिए । 

यता, तनहुँको व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीका पुत्र दीपकराजले चुनाव चिह्न कैँची पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो ।

नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी समुहबीच तालमेल भएको छ ।

उनीहरुको तालमेलबाट व्यासको मेयरको लागि दीपकले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट उपमेयरमा बसुन्धरा घर्ती रहेकी छिन् ।

यो पनि पढ्नुस्ः 

अमेरिकाको ग्रीनकार्ड त्यागेर गाउँको विकास गर्ने हुटहुटी


Share:
Reaction :
ताजा समाचार
खेलकुद