Media Network

पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

पोखरा । गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा एमाले निर्वाचित भएको छ । 

मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । मेयरका एमाले उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । 

उपमेयरमा एमालेकी मन्जु गुरुङ निर्वाचित भएकी छन् । गुरुङले ६० हजार ५ सय ४६ मत पाएकी छन् । उपमेयरमा गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् । 

यसअघि २०७४ मा भएको निर्वाचनमा एमालेका मानबहादुर जिसी मेयरमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि आफ्नो बलियो आधार दाबी गर्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले गठबन्धनबाट पोखराको मेयर रोजेको थियो । 

महानगरको मतगणनाको औपचारिक रुपमा अन्तिम परिणाम घोषणा हुन भने बाँकी नै छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद