Media Network

७५३ पालिकाः कसले कति जिते ?


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बाट ७५३ पालिकामा सबैभन्दा बढी स्थानीय तह जितेर नेपाली कांग्रेस पहिलो शक्ति बनेको छ । ७५३ पालिकामध्ये बाजुराको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा भएको मत रद्द गरिएको छ । उक्त नगरपालिकामा पुनः मतदान गरिने भएको छ । पुनः मतदानको मिति भने तोकिएको छैन । 

अन्य पालिकामध्ये नेपाली कांग्रेसले ३ सय २८ स्थानीय तहमा जित्दै पहिलो बनेको छ ।  

कांग्रेसले ललितपुर महानगरपालिकासति १४० पालिका प्रमुख र १ सय ८८ गाउँपालिका अध्यक्षसहित जित हासिल गरेको छ । 

यसैगरी, नेकपा एमाले ८२ पालिका प्रमुख र १२३ अध्यक्षसहित २ सय ५ स्थानीय तहको प्रमुख जित्दै दोस्रो बनेको छ । 

यस्तै,  नेकपा माओवादी केन्द्रले १२१ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थानमा रहेको छ । माओवादीले एक महानगर, एक उपमहानगरपालिकासहित २५ पालिका प्रमुख र ९६ गाउँपालिका अध्यक्ष जितेको छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले ३० पालिकाको प्रमुख जितेको छ । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म पोखरा महानगर र हेटौडा उपमहानगरपालिकासहित २० पालिकामा जित हासिल गरेको छ । एक पालिकाको परिणाम घोषणा बाँकी रहेकोमा त्यस पालिकामा एकीकृत समाजवादीको अग्रता रहेको छ । 

यस्तै, यसअघि मधेसमा बलियो मानिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ स्थानीय तह जितेको छ । 

गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तह जितेको छ । 

यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले २ स्थानीय तहमा जित हासिल गरेको छ । 

नेमकिपा, तराइ मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी र विवेकशील साझाले एक एक सिट जितेका छन् । स्वतन्त्रबाट काठमाडौं महानगरपालिकासहित धरान, धनगढी र जनकपुरधाम उप–महानगरपालिका र अन्य पालिका गरी १३ स्थानीय तहको प्रमुख पद जितेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद