पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


खबरस्टोरी संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
काठमाडौं । काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।  

कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए ।

यहाँ  कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन् ।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए ।